ट्रेन्डिङ

कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेश सबैभन्दा अन्तिम

काठमाण्डौँ । कार्यसम्पादनको मूल्यांकनमा मधेस प्रदेश सबैभन्दा पुछारमा परेको छ ।

सातै प्रदेशमा मधेस सबैभन्दा पछि परेको हो । यो प्रदेशले ३० अंक ल्याउँदै अन्तिम भएको हो ।

यसैगरी सार्वजनिक कार्यसम्पादन मूल्यांकन अनुसार सूदुरपश्चिम प्रदेश पहिलो बनेको छ । सूदुरपश्चिम प्रदेशले ५१.६ अंक ल्याउँदै उत्कृष्ट बनेको हो ।

आर्थिक वर्ष २०७९/०८० को मूल्याङ्कनमा सुदूरपश्चिम पाँचौँ स्थानमा थियो  । अघिल्लो पटक पहिलो भएको कोशी प्रदेश यस पटक दोस्रो भएको छ । उसले ५०.९ अङ्क प्राप्त गरेको छ ।

यस्तै, ४५.६ अङ्क पाएको बागमती तेस्रो, ४१.६ अङ्क पाएको कर्णाली चौथो, ४०.८ अङ्क पाएको गण्डकी पाँचौँ, ३५.९ अङ्क पाएको लुम्बिनी छैटौँ बनेको छ ।

विनियोजित बजेट, त्यसको कार्यान्वयन, राजस्व सङ्कलनको लक्ष्य र प्रगति लगायतका सूचकहरूमा आयोगले मूल्याङ्कन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै