६ असोज, बीरगन्ज । पर्सा प्रहरीले एक करोड भन्दा बढी मूल्यका भन्सार छलीका सामानसहितको ट्रक पक्राउ गरेको छ । विशेषसुचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ सिर्सिया चोकबाट भन्सार छलीका सामानसहितको ट्रकपक्राउ गरेको हो ।
प्रहरीले चलाएको जाँच अभियानका क्रममा एक करोड ४२ लाख एक हजार ७९१ मूल्य बराबरका हार्डवेयरका सामान लोड रहेको ट्रकपक्राउ गरेको प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताए । उनका अनुसार वीरगञ्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ५ ख १६७नम्बरको ट्रकबाट राजश्व चोरीका हार्डवेयर सामान बरामद गरेकाले नियन्त्रणमा लिएको हो ।
बरामद सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरीकार्यालय पर्साले जानकारी दिएको छ ।