वीरगन्ज । जनकपुरबाट बरथहवाका लागि छुटेको बस दुर्घटनामा परेको छ । महोत्तरीको बर्दिबासमा आज बस दुर्घटनामा परेको हो ।
पूर्वपश्चिम राजमार्गको महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमतिर ना ५ ख २८५१ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
अचानक बस अनियन्त्रित भइ बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ । महोत्तरीका डिएसपी सन्तुलाल जैसवारका अनुसार दुर्घटनाका कारण बसमा सवार ३० जना घाइते छन् । घाइतेहरुमध्ये ६ जनाको अवस्था मध्यम तथा अन्यको अवस्था सामान्य छ ।
घाइतेहरूलाई उपचारका लागि बर्दिबास लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीले बस चालकलाई पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनायो ।