ट्रेन्डिङ

धनुषामा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या घट्यो, ट्राफिक प्रहरी प्रमुख भन्छन् ः ‘जनचेतनाका कार्यक्रमहरु प्रभावकारी साबित भएको छ’

६ असोज, जनकपुरधाम । धनुषा जिल्लामा चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष२०८१/०८२ को दुई महिनामा सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

चालु आर्थिक वर्षको साउन महिनामा १ र भदौ महिनामा ४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको धनुषा ट्राफिक प्रहरी कार्यालयलेजनाएको छ । गत आर्थिक वर्षको यही अवधिमा १४ जनाको मृत्यु भएको ट्राफिक प्रहररीको तथ्यांक छ ।

ट्राफिक प्रहरीका अनुसार गत आर्थिक वर्षमा धनुषा जिल्लाभरीमा सवारी दुर्घटनामा परेर ७४ जनाको मृत्यु भएको थियो । जसमासबैभन्दा बढी मिथिला नगरपालिकामा मात्र १९ जनाको मृत्यु भएको प्रहरीको आकॅंडा छ ।

त्यसपछि जनकपुरधाम उपमहानगरपालिकामा ११ जना, धनुषाधाम नगरपालिकामा ११ जना, लक्ष्मिनिया गाउँपालिकामा ६ जना, सबैलानगरपालिकामा ५ जना, विदेह नगरपालिकामा ५ जना, क्षिरेश्वरनाथ नगरपालिकामा ४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएकोट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषा जिल्लाभरीमा यसअघि आर्थिक वर्ष २०७९÷०८०मा ८४ जना र आर्थिक वर्ष २०७८÷०७९मा १ सय ५ जनाको सवारी दुर्घटनामापरेर मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय जनकपुरधामका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

यस हिसाबले धनुषा जिल्लामा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दिनदिनै घटिरहेको ओलीले बताए । ‘पछिल्लो समय हामीलेजनचेतनाका कार्यक्रम बढाएका छौँ’, ओलीले भने‘ जनचेतनाका कार्यक्रमहरु प्रभावकारी साबित भएको छ, यो हाम्रो लागि सुखद संकेत हो ।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै