ट्रेन्डिङ

पुलको लट्ठा तान्ने क्रममा दुइ जना युवक नदीमा खसेर बेपत्ता, खोजी जारी

काठमाण्डौँ । भेरी नदीमा खसेर दुइ जना युवक बेपत्ता भएका छन् । झोलुङ्गे पुल निर्माणका क्रममा आज दिउँसो नदीमा खसेका उनीहरु बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका वडा नम्बर २ अनिल घर्ती र सोही ठाउँका अर्जुन घर्ती मगर रहेको प्रहरीले जनाएको छ ।

सुर्खेतको बराहताल गाउँपालिका–४, कुटा र पञ्चपुरी नगरपालिका–१४, जोड्ने भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणको काम चलिरहेको छ । पुलको लट्ठा तान्ने क्रममा उनीहरू नदीमा खसेको प्रहरीको भनाइ छ ।

नदीमा खसर युवकहर बेपत्ता भएको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले उनीहरुको खोजी कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै