वीरगन्ज । संघ सरकारका खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क खानेपानीको व्यवस्था गर्ने बताएका छन् ।
वीरगन्ज-१३ राधेमाईस्थित साउथ जोन माविको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
खानेपानी मन्त्री यादवले हरेक सामुदायिक विद्यालयमा चाँडो भन्दा चाँडो नि:शुल्क रूपमा शुद्ध तथा सफा खानेपानी जडान तथा वितरणकालागि गृहकार्य भइरहेको जनाए ।
त्यसका लागि शिक्षा मन्त्रालय र खानेपानी मन्त्रालयबाट सहसचिवको नेतृत्वमा टोली गठन गरिएको र उक्त टोलीले आवश्यक गृहकार्य गरिरहेको मन्त्री यादवको भनाइ थियो ।
यस्तै कार्यक्रममा बोल्दै मन्त्री यादवले एक वर्षभित्र २७ प्रतिशत शुद्ध खानेपानीको उपलब्धता ५७ प्रतिशतसम्म पुर्याउने लक्ष्यसहित अघि बढेको बताए ।