भारत । भारतको महाराष्ट्रको जलगाउँ जिल्लामा रेल दुर्घटना भएको छ ।
दु्र्घटनामा ११ जनाको मृत्यु भएको भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतले बीबीसी मराठीलाई यो कुराको पुष्टि गरेका छन् ।
पीआरओका अनुसार लखनऊबाट मुम्बई जाँदै गरेको यो रेल महाराष्ट्रको जलगाउँ जिल्लाको रेलवे ट्र्याकमा थियो । यात्रुहरू सवार एउटा आगो लागेको आशंका गरिएको थियो । त्यसैले यात्रीहरू ट्र्याकको अर्कोतिर हाम फाले ।
सोही क्रममा त्यही ट्र्याक भएर गइरहेको कर्नाटक एक्सप्रेसमा केही मानिसहरू ठोक्किएर मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा थप कैयौँ घाइते भएका छन् । कर्नाटक एक्सप्रेस मनमाडबाट भुसावल जाँदै थियो । घटनामा १२ जना घाइते भएका छन र उनीहरूको पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ ।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले यस घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
घटनास्थलमा आठवटा एम्बुलेन्स पठाइएको मुख्यमन्त्रीले बताए। घाइतेहरूको उपचारका लागि नजिकैका निजी अस्पतालहरूलाई पनि सतर्क राखिएको भनिएको छ ।
आफूहरुले सम्पूर्ण घटनाको निगरानी भइरहेको र तुरुन्तै सबै आवश्यक सहयोग उपलब्ध गराइरहेको पनि उनले बताए ।