वीरगन्ज । तेजस एकेडेमीको बसले ठक्कर दिँदा वीरगन्जमा एक जना साइकल यात्रीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बोखार चोकमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाराको फेटा गाउँपालिका ५ बस्ने ४५ वर्षका चोकट भन्ने तयमोद्दिन मिँया छन् ।
उनलाइ बाईपास सडकखण्डमा दक्षिण गणेशटोलाबाट उत्तरतर्फ जादैँ गरेको ना ५ ख १५०४ नम्बरको तेजस एकेडमी कलेजको बसले आज बिहान साढे १० बजे ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाईते उनको उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भएको पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।
प्रहरीले बससहित चालक बारा प्रसौनी-१ निवासी ४० वर्षका देवा पासवानलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।