वीरगन्ज ।आगोले जलेर बारामा एक जना महिलाको मृत्यु भएको छ । प्रसौनी गाँउपालिका वडा नम्बर ७ बन्जरीयामा आगोले पोलेर एक महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ७५ वर्षकी रजिया साह कानु छिन् । हिजो आफ्नै घर अगाडी परालको घुरमा आगो ताप्ने क्रममा अचानक उनको कपडाबाट आगो सल्किएको थियो । आगोले उनको हात, खुट्टामा जलेको प्रहरीले जनाएको छ ।
जलेर घाइते उनलाई प्रादेशिक अस्पताल पठाइयो, तथापी उनलाई थप उपचारका लागि वीरगन्जको नारायणी अस्पताल, नेशलन मेडिकल कलेज हुँदै काठमाण्डौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको बारा प्रहरीका डिएसपी प्रकाश सापकोटाले बताए ।
मृतकको शब पोष्टमार्टमपछि परिवारजनले बुझेको प्रहरीले जनायो ।