वीरगन्ज । सशस्त्र प्रहरी पर्साको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वाटरको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।
२४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको सशस्त्र प्रहरी पर्साका डिएसपी नरेन्द्र सिंह धामीले बताए । नेपाल रेडक्रस सोसाइटी पर्साको सहकार्यमा भएको कार्यक्रममा एक महिलासहित ५७ जनाले रक्तदान गरेका छन् ।
नगरप्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी पर्साका एसपी राधेश्याम धिमाल, जिल्ला प्रहरी पर्साका एसपी कुमोध ढुंगेल, नेपाली सेनाका देव बहादुर बोहरा लगायतको उपस्थिति थियो ।