पर्सा । नेपाल गोँड समाज उत्थान समितिको केन्द्रिय बैठक वीरगन्जमा सम्पन्न भएको छ । जिल्ला समिति समन्वय पर्साको प्राङगणमा शनिबार बैठक सम्पन्न भएको हो ।
केन्द्रिय उपाध्यक्ष लालजी साह गोँडको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न ३ बुँदे निर्णयहरु गरेको छ ।
बैठकले गोँड जातिलाई आदिवासी जनजातीमा सुचिकृतको लागि पहल गर्ने, रक्तदान गर्ने तथा कार्यालय व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
यसैगरी राज्यको सेवासुबिधाबाट बञ्चित गोँड जातिलाई आदिवासी जनजातिमा सुचिकृत गराई राज्यको मुलधारमा ल्याउन सरकारसमक्ष माग गरेको छ ।
सोका लागि संघिय तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाउने निर्णय गरिएको गोँड समाजका पर्सा अध्यक्ष मनोज साह गोँडले बताए ।
उनका अनुसर रगतको अभावलाई मध्यनजर गरि वीरगन्जको घण्टाघरमा वृहत रक्तदान गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा गोँड समाजका केन्द्रिय कोषाध्यक्ष प्रहलाद गुप्ता, सदस्यहरु आशा साह, रामनारायण साह, समाजका युवा नेता बिन्दुभुषण साह,बिजय साह, प्रभात साह, ज्ञानेन्द्र साह, दिपेन्द्र साह, नरेश साह, हृदयनारायण साह,रबिन्द्र साह,राकेश साह, सुनिल साह लगायतको उपस्थिती थियो ।
कार्यक्रमको सहजीकरण युवा नेता बिन्दुभुषण साहले गरेका थिए ।