वीरगन्ज । एमाले पर्साको प्रदेश सांसदका प्रत्यासी जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा निर्वाचित भएका छन् ।
बितेको चुनावमा एमालेबाट पर्सा क्षेत्र नम्बर २ को ९ख० मा उम्मेदवार बनेको हरेराम पटेल सहकारी संघको अध्यक्षमा निर्वाचित भएका हुन ।
शनिबार सम्पन्न संघको १७ औं साधरणसभामा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट अध्यक्षमा पटेल निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेस समर्थित अध्यक्षका उम्मेदवार राकेश यादवलाई ३८ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन । उनी यसअघि पूर्वउद्योग मन्त्री रमेश रिजालका स्वकीय सचिव थिए ।
अध्यक्ष पटेलले ७९ मत प्राप्त गरेका थिए भने उनको निकटम प्रतिद्वन्द्वीले यादवले ४१ मत प्राप्त गरेको संघको निर्वाचनको कार्यालयले जनाएको छ ।
यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा जिस्नु बराल, उपाध्यक्षमा नगनारायण सिंह, महासचिवमा राजीव कुमार साह सोनार, कोषाध्यक्षमा अरुण कुमार साह र सचिवमा नरेश चौरसिया निर्वाचित भएका हुन ।
त्यसैगरी सदस्यहरुमा विश्वास प्रताप शाह, हृदय नारायण साह, मनु राउत कुर्मी ,धर्मनाथ कुशवाहा र महिला सदस्यमा सिता मुखिया बिन निर्वाचित भएकी छन् ।