ट्रेन्डिङ

विपी उद्यान खाली गर्न वीरगन्ज महानगरको ७ दिने अल्टिमेटम

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले विपी उद्यान खाली गर्न ७ दिनको अल्टिमेटम दिएको छ । आज एक सूचना जारी गर्दै महानगरपालिकाले यस्तो अल्टिमेटम दिएको हो ।

महानगरको वडा नम्बर ८ घण्टाघरस्थित विपी उद्यानभित्र सञ्चालित तरकारी तथा फलफूल बजार सात दिनभित्र हटाउन पूनः सूचना जारी गरिएको हो । प्रमुख प्रशासकिय अधिकृत अरबिन्दलाल कर्णका अनुसार त्यँहाको बजार वीरगन्ज–१६ नगवास्थित कृषि बजारमा सारिएको छ ।

सूचनामा भनिएको छ, ‘मंसिर २६ गतेको निर्णयानुसार वीरगन्ज महानगरपालिका अन्र्तगत वडा नम्बर ९ मा रहेको घण्टाघरस्थित विपी उद्यान हाताभित्र सञ्चालनमा रहेको तरकारी तथा फलफूल बजार सम्बन्धी १५ दिने सूचनाको म्याद पुष १० गते समाप्त भइसकेकोमा हालसम्म पनि बजार खाली नगरेको देखिएकाले आजको सात दिनभित्र अनिवार्य रुपले खाली गरिदिन सबैको जानकारीका लागि यो सूचना पुनः प्रकाशन गरिएको छ । साथै सम्बन्धित व्यवसायीहरुले आ–आफ्नो व्यवसाय सञ्चालन गर्न वीरगन्ज–१६ नगवास्थित कृषि बजारको लागि निर्धारण गरिएकाले सोही स्थानमा जानुहुन समेत सबैमा अनुरोध छ ।’

सूचनाको अटेर गर्दै बजार खाली नगरे खाली गराउँदा लाग्ने खर्च स्वयम् व्यवसायीले तिर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत कर्णको भनाइ छ ।

यसअघि १५ दिनअघि पनि महानगरपालिकाले विपी उद्यान खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै