ट्रेन्डिङ

वीरगन्ज–३० मा भएको कार्यक्रममा ३६ पोका रगत संकलन

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ३० प्रसोतीपुरमा सम्पन्न कार्यक्रममा ३६ पोका रगत संकलन भएको छ ।

सम्यक फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा ३६ पोका रगत संकलन भएको हो । फाउन्डेसनको उद्धघाटनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

रक्तदान गर्नेहरुमा मुकेश यादव, बिरेन्द्र यादव, रामाशंकर, लक्ष्मण साह, सुनिल कुमार, राधेश्याम गुप्ता लगायतका छन् । महानगरका नगरप्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा रक्तसञ्चार केन्द्र वीरगन्जका मनिष गुप्ता, नितेश यादव, रेडक्रस रेशमकोठीका अभिलाष गुप्ता लगायतले प्राविधिक सहयोग गरेका थिए ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै