वीरगन्ज । श्री शंकरलाल केडिया मेमोरियल अन्तर विद्यालय फुटबलको उपाधी मुनलाइट माविले उचालेको छ । शनिबार सम्पन्न फाइनल खेलमा लिटिल फ्लावर स्कुललाई ७–१ गोल अन्तरले पछि पार्दै उपाधी जितेको हो ।
वीरगन्जस्थित डीएभी रुक्मिणी बनारसी केडिया स्कुलको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा यहाँका १२ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो ।
प्रतियोगितामा आयोजकसहित ज्ञानदा एकेडमी, साउथ जोन, मनकामना, कादम्बरी, डिपिएस, मुनलाइट, जीवन ज्योति, लिटिल फ्लावर, मालिनी, मेरीगोल्ड, काभेरी लगायत गरी १२ वटा विद्यालयले भाग लिएका थिए ।
फाइनल खेलमा मुनलाइट माविका सुरेश मुखिया म्यान अफ दि म्याच घोषित भएका छन् । प्रतियोगिताको बिजेता टोलीलाई १५ हजार नगद, ट्रफी तथा मेडल सहित सम्मानित गरिएको छ । यस्तै उपबिजेता टोली लिटिल फ्लावरलाई नगद १० हजारसहित ट्रफी, मेडल प्रदान गरियो ।
मधेस प्रदेश सांसद एवम् पूर्वमन्त्री रहबर अन्सारीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा डाक्टर बिजय अग्रवाल, सुनिल केडिया, सन्दिप केडिया, सौरभ केडिया, दिनेश बंका, प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष पुरन प्रधान, उपाध्यक्ष शिवजी गुप्ता, सुलभ केसी लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक राकेश मिश्रले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण शिक्षिका मेधा दधिजले गरेकी थिइन् ।