सर्लाही । सर्लाहीको धनकौलमा उखु बोकेको ट्याक्टरलाई गाउँको बाटो भएर हिड्न रोक लगाइएको छ । गाउँपालिकाको वडा नम्बर २ स्थित धनकौल गाउँमा स्थानीय बासिन्दाले यस्तो रोक लगाएका हुन् ।
उखु लोड गरेर गाउँ हुँदै चिनी मिलतर्फ जाने ट्याक्टरलाई विद्युतीय जोखिमका कारण प्रवेशमा रोक लगाइएको उनीहरुको भनाइ छ । ट्याक्टरमा अत्यधिक उखु लोड गर्दा विद्युतीय तारमा छोइने समस्या उत्पन्न भएको स्थानीयले बताएका छन् ।
कतिपय ठाउँमा तार चुँडिने, कतै तारलाई उखुले छोएर विद्युत् सर्ट हुने घटनाले गाउँमा करेन्ट लाग्ने र आगलागीको जोखिम बढाएको स्थानीयको गुनासो छ ।
सोही कारण सावधानी अपनाउन यस्तो निर्णय गरेको बताइन्छ ।