पर्साको पोखरीयामा नापी तथा मालपोत कार्यालय स्थापना गर्ने निर्णय

वीरगञ्ज । पर्साको पोखरियामा नापी तथा मालपोत क्षेत्रीय कार्यालय स्थापना गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले पोखरिया नगरपालिकामा नापी तथा मालपोत कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

पर्सा जिल्लामा बढ्दै गएको सेवा अवस्था दुरी र समय लगायतका विषयलाई विश्लेषण गर्दै सेवा प्रवाहलाई छिटोछरितो, प्रभावकारी तथा नागरिक मैत्री बनाउन तत्कालका लागि नापी तथा मालपोत कार्यालय स्थापना गरि सेवा सञ्चालन गर्न बैठकबाट निर्णय गरिएको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रिपरिषद्को बैठकमा पोखरिया नगरपालिकामा नापी तथा मालपोत कार्यालयको क्षेत्रीय कार्यालय स्थापना गर्न प्रस्ताव पेस गरेका थिए ।

पोखरिया लगायत ग्रामीण भेगमा बसोबास गर्ने सम्पूर्ण गाउँवासीलाई सरकारी सेवामा सहज पहुँच पु¥याउन ठूलो सहयोग पुग्ने संघिय मामिला तथा प्रशासन मन्त्री राजकुमार गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै