ट्रेन्डिङ

मनोमानी कर प्रणालीले मुलुकको सबै क्षेत्र तहसनहस बनायो : प्रभु साह

काठमाण्डौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले कर प्रणालीले मुलुकको व्यापारलाई ध्वस्त पार्दै गइरहेको बताएका छन् । काठमाडौंको कोटेश्वरस्थित आजपाको केन्द्रीय कार्यालयमा विद्यार्थीहरूसँगको भेटमा अध्यक्ष साहले यस्तो बताएका हुन् ।

पूर्व मन्त्रीसमेत रहेका अध्यक्ष साहले तीन तहको सरकारको मनोमानी कर एवं लुटतन्त्रले उधोगी, व्यापारी, सर्वसाधारण लगायत समस्यामा पर्दै गइरहेको टिप्पणी गरे ।

मनोमानी करको विरुद्धमा संघर्षको विकल्प नभएको उनले बताए । उनी भन्छन्, ‘सरकार अहिले विदेशीसँग ऋण लिएर त्यसमा लुट्ने काम गर्दैछ । नेपाली जनतालाई ऋणको भारी बोकाएर राज्यको ढुकुटी लुटिरहेको सरकारले मनोमानी कर पनि लगाएको छ ।’

हरेक क्षेत्रमा मनोमानी करले सबै क्षेत्र तहसनहस भएको उनले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै