ट्रेन्डिङ

एनपीएल बिजेता बनेकोमा जनकपुरधाममा साधुसन्तलाई भण्डारा

धनुषा । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भण्डारा गरेका छन् ।

एनपिएल जितेको उपलक्ष्यमा जनकपुरधाममा साधुसन्तहरुलाई बेलाएर भण्डारा गरिएको हो ।

उपाधी जितेको खुशीयालीमा साधुसन्तहरुलाई खाना खुवाएको श्री महावीर युवा कमिटी, जनकपुरधामका उपाध्यक्ष सरोजकुमार चौधरी बताउँछन् । शनिवार भएको फाइनल खेलअघि जनकपुरको जितको लागि पूजा आराधना समेत गरिएको थियो ।

शनिवार भएको एनपिएलको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जित हासिल गरेको हो । यो जितसँगै जनकपुर बोल्टर्स पहिलो संस्करणको एनपीएल बिजेता बनेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै