ट्रेन्डिङ

९७ किलो गाँजासहित बाराबाट दुइ जना पक्राउ

वीरगन्ज । ९७ किलो लागू औषध गाँजासहित बाराबाट दुइ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई लागू औषध गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका वडा नम्बर २ गडौली टोली बस्ने ३५ वर्षका विष्णु लामा र भरतपुर महानगरपालिका–२४ सिद्धार्थ टोल बस्ने ४६ वर्षका टेक बहादुर गुरुङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट प्रहरी वरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई भारी परिमाणमा गाँजासहित पक्राउ गरेको हो । जीतपुरसिमरा–२२ तिन नम्बर पुलस्थित रोडदेखि पूर्वमा रहेको टावर डाँडाको बिरुवा खोलाको झाडीमा लुकाईछिपाई राखिएको अवस्थाबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।

प्रहरीले चलाएको अनुसन्धानका क्रममा गाँजा ओसारपसारमा प्रयोग गरिएको बा ११ च ७०१२ नम्बरको फोर्ड कालो ग्रे रंगको गाडी समेत नियन्त्रणमा लिइएको बाराका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी बलराम श्रेष्ठले बताए ।

पक्राउ परेकाहरुमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै