ट्रेन्डिङ

निजामती कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बाध्यकारी प्रस्ताव

काठमाडौं । निजामती कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बाध्यकारी कानुनी व्यवस्थाको प्रस्ताव आएको छ ।

बुधबार संघीय निजामती विधेयकमाथिको छलफलमा यस्तो प्रस्ताव आएको हो । हाल निजामती कर्मचारीले सम्पत्ति विवरण निजामती किताब खानामा बुझाउनुपर्ने ब्यवस्था छ । यसलाई बदलेर सम्पत्ति विवरण सार्वजनिक नै गर्नुपर्ने कानुन बनाउनुपर्ने नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादर घर्तीले प्रस्ताव राखेका छन् ।

‘कर्मचारीले सम्पत्ति विवरण पेश गरेर मात्रै हुदैन, त्यो विवरण सार्वजनिक गर्नुपर्छ । यो प्रावधान राख्नुपर्छ,’ समितिको बैठकमा सांसद घर्तीले भने ।

निजामती विधेयकमाथी संसोधनकर्ता सांसदहरूसँग राज्य व्यवस्था समितिले छलफल गरिरहेको छ

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै