काठमाडौँ । पिकअप भ्यानको ठक्करबाट तुलसिपुरमा एक जना महिलाको मृत्यु भएको छ । लमही नगरपालिका–५ निवासी ५० वर्षीया लिला भुसालको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा ७ प ११३५ नम्बरको स्कुटिलाई विपरित दिशाबाट आउदै गरेको रा १ च १३०० नम्बरको पिकअप भ्यानले तुलसीपुर–७ हात्तिखौवा ओरालोमा ठक्कर दिदा दूर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भिर घाइते भएकी लिलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । स्कुटी चालक मृतककै छोरा २७ बर्षीय निमलाल भुसाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
पिकअप र स्कुटिलाई नियन्त्रणमा लिएको र पिकअप चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।