वीरगन्ज । सशस्त्र प्रहरी पर्साले १३ लाख मूल्यका भन्सार छलीका सामान पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वा तथा विभिन्न नाकाबाट प्रहरीले उक्त सामान पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीले १३ लाख ३६ हजार ९३५ रुपैँया बराबरका सामानसहित एउटा मोरटसाइकल नियन्त्रणमा लिएको जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट डिएसपी सुरज रिजालको कमाण्डमा खटिएको टोलीले उक्त सामान बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ अवैध रुपले ना ५३ प ९३०६ नम्बरको मोटरसाइल तथा अन्य सवारीमार्फत समेत ल्याउँदै गरेको अवस्थामा सामानहरु बरामद गरेको प्रहरीको भनाइ छ । प्रहरीले पक्राउ गरेको सामानहरुमा कस्मेटिक तथा किराना सामान, मोटरपार्टस, कि–प्याड मोबाइल, मोबाइल एसोसेरिज र लत्ताकपडा लगायत रहेका सशस्त्र प्रहरीले बताएको छ ।
बरामद सामानमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ ।