सप्तरी । सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडानको परीक्षण हुने भएको छ । आज बुद्ध एयरले उक्त विमानस्थलमा रात्रिकालीन उडान परीक्षण गर्ने भएको हो ।
त्यसका लागि आज साँझ ५ बजे बुद्ध एयरको विमानले काठमाडौँ–राजविराज उडान गर्ने कार्यतालिका छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा जडान भएका लाइट र अन्य उपकरणहरूको परीक्षण हुनेछ ।
परीक्षण उडान सफल भए नियमित रूपमा बुद्ध एयरले काठमाडौँ–राजविराज रात्रिकालीन उडान गर्ने जनाइएको छ ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै विराटनगर, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढी लगायत विमानस्थलमा रात्रिकालीन उडान भइरहेको छ ।