वीरगन्ज । नेपाल पत्रकार महासङ्घ पर्साको अध्यक्षमा ओमप्रकाश खनाल निर्वाचित भएका छन् । उनी गठबन्धनका उम्मेदवार अनुप तिवारीलाई ९ मत अन्तरले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
मंसिर २८ गते सम्पन्न चुनावमा प्रेस युनियन र प्रेस चौतारीले गठबन्धनतर्फबाट उम्मेदवार बनेका अनुप तिवारीले ७५ मत पाए । भने प्रेस सेन्टर समर्थित उम्मेदवार खनालले ८५ मत प्राप्त गरेका छन् ।
यद्यपी नयाँ कार्यसमितिको उपाध्यक्षको दुवै सिटमा सत्तागठबन्धनकै वर्चश्व कायम रह्यो । अर्थात् महासंघको निर्वाचनबाट नयाँ कार्यसमितिका लागि उपाध्यक्ष पदमा क्रमशः भूषण यादव तथा निलिमा पौडेलले जित हात पारिन् ।
मुख्य निर्वाचन अधिकृत शत्रुघन नेपालका अनुसार सम्पन्न मतगणना अनुसार सचिवतर्फ विजय चौहान, सहसचिव समावेशीतर्फ एसके चौरसिया निर्वाचित भएका छन् । भने सहसचिव खुला पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार अजयकुमार चौरसिया विजयी भए ।
यस्तै कोषाध्यक्षको पद समेत सत्ता गठबन्धनकै पोल्टामा प¥यो । अर्थात् कोषाध्यक्षतर्फ सञ्जीवकुमार मिश्र निर्वाचित भए ।
महिला सदस्य पदमा भने कमला भण्डारी, आदिवासी जनजाति सदस्यमा अजितकुमार भुजेल र मधेसी सदस्यमा आरोहण साहको जित भयो ।
अन्य समावेशी सदस्यमा प्रकाशकुमार तिवारी पनि विजयी भए । खुला सदस्यतर्फ तिवारी यादव, राहुल गुप्ता, श्याम कुशवाहा, प्रमोद यादव, बलिराम शुक्ला, रितेन्द्र झा निर्वाचित भए ।
त्यस्तै केन्द्रीय परिषद् सदस्यमा महेशचन्द्र गौतम र राघव साह कानु निर्वाचित भएका छन् ।
यहाँ रहेका एक सय ६७ मतदातामध्ये एक सय ६१ जनाले मतदान गरेका जनाइएको छ । शुक्रबार साँझ सवा ६ बजेसम्म मतदान प्रक्रिया चलेको थियो ।