ट्रेन्डिङ

महोत्तरी : बस दुर्घटना हुँदा २२ जना घाइते

महोत्तरी । महोत्तरीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ६ रातोपुलमा बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

भिठामोडबाट जनकपुर आउँदै गरेको ना ४ ख १०६९ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अचानक अनियन्त्रित भई पुलको रेलिङ तोड्दै बस पल्टिएको हो ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको महोत्तरीका डिएसपी सन्तुलाल प्रसाद जयसवार बताए । गम्भिर घाइते हुनेहरुमा भारत परिहारकी सरिता यादव र कोमल राउत रहेका उनको भनाइ छ ।

घाइतेको प्रादेशिक अस्पताल जलेश्वरमै उपचार भइरहेको तथा उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनायो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै