ट्रेन्डिङ

७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस वीरगन्जमा पनि मनाइयो

वीरगन्ज । ७६ औँ अन्तर्राष्ट्रिय मानव दिवसको अवसरमा वीरगन्जमा कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसरमा वीरगन्जको घण्टाघर तथा आर्दशनगरमा मैनबत्ती प्रज्जवलन गरिएको हो ।

यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ भन्ने मूल नारासहित दिवस मनाइएको हो । दिवसको अवसरमा वीरगन्जका विभिन्न मानवअधिकारवादी संघ संस्थाहरुले मैनबत्ती प्रज्जवलन गरेका हुन् ।

वीरगन्ज वडा नम्बर १६ स्थित एम्नेष्टी इन्टरनेशनल नेपाल ग्रुप, माइती नेपाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा, आफन्त नेपाल तथा वीरगन्ज महानगरपालिका लगायतको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

एम्नेष्टी ग्रुपका वीरगन्ज अध्यक्ष प्रकाश बाहेतीले हरेक वर्ष मानव अधिकार दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाइने गरिएको बताए । उनका अनुसार १९४८ मा संयुक्त रास्ट्रसंघको महासभाले मानव अधिकार घोषणा पत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

कार्यक्रममा एम्नेष्टी ग्रुपका सचिव रजनिश झा, कार्यकारी सदस्य सुनिल महतो, बृजेश टेमानी, नरेश साह, बिजय साह लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै