ट्रेन्डिङ

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

महोत्तरी । स्रोत नखुलेको रकमसहित महोत्तरीबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार मधुवी जिल्ला मधवारपुर–३ का महेश दास रहेका छन् ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले मटिहानी नगरपालिका वडा नम्बर ८ गान्धीगल्लीबाट उनलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले तीन लाख ५० हजार ९९५ रुपैँया बराबरका नेपाली नोट बरामद गरेको जनाएको छ ।

बरामद नोटमा हजार दरका ३०० थान, ५०० दरका सय र १०० दरका ९ थान रहेको सशस्त्र प्रहरीको भनाइ छ ।

भारतको मधवापुर बजारबाट आज बिहान साइकल चढेर नेपाल प्रवेश गरेका महेशप्रसादलाई चेक प्वाइन्ट डिउटीले सुरुमा रोक्न खोज्दा भाग्न खोजेपछि लखेटेर नियन्त्रणमा लिएको थियो । उनलाई पक्राउ गरी जाँच गर्दा उक्त नोट फेला परेको प्रहरी बताउँछ ।

बरामद नोटको स्रोत पुष्टि गर्न नसक्दा सशस्त्रले उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै