ट्रेन्डिङ

खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनुषाले थाल्यो धान खरिद प्रक्रिया

धनुषा । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मधेस प्रादेशिक कार्यालय जनकपुरधामले धान खरिद गर्न थालेको छ ।

स्थानीय किसानमार्फत यसवर्ष ३२ हजार क्वीन्टल सोना मन्सुली धान खरिद गर्ने गरी आजदेखि यो प्रक्रिया सुरु भएको हो । यसवर्ष सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्वीन्टल तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा निर्धारण गरेको छ ।

यहाँ स्थानीय तहका कृषि शाखाको सिफारिसमा तथा किसानले तोकिएको मापदण्ड पूरा गरेर ल्याएमा धान खरिद चेकमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइएको कार्यालयका प्रमुख देवेन्द्र राईले बताए ।

उनका अनुसार धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा जिल्ला प्राथमिक धान खरिद समितिको बैठकले निर्णय गरी धान खरिद प्रक्रिया सुरु गरेको हो ।

बासमती धानको मूल्य निर्धारण नभएकाले तत्काल त्यसको खरिद नहुने पनि जनाइएको छ । धनुषामा यस वर्ष ४१ हजार पाँच सय ६६ हेक्टर क्षेत्रफल जमिनमा एक लाख ६६ हजार दुई सय ६० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै