जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाकी उपाध्यक्ष रामवति मण्डललाई नेपाली कांग्रेसबाट निष्कासन गरिएको छ ।
पार्टी विधान विपरीत गतिविधि गरेको आरोप लगाउँदै नेपाली कांग्रेस धनौजी गाउँपालिका गाउँ कार्य समितिले पार्टीबाट निष्कासन गरेको गाउँ सभापति रामनारायण यादवले जानकारी दिए ।
कांग्रेस सदस्यसमेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष मण्डललाई कारबाही स्वरुप पार्टीबाट निष्कासनका लागि केन्द्रदेखि जिल्ला समितिसम्मलाई सिफारिस गरिएको छ ।
कांग्रेस धनौजी गाउ कार्य समितिको निर्णय अनुसार उपाध्यक्ष रामवति मण्डलमाथि पार्टीको तर्फबाट कारबाही गर्नका लागि गाउँ सभापति रामनारायण यादवले पार्टीको प्रदेश कार्यालय, जिल्ला समितिको कार्यालय र क्षेत्र नम्बर ३ को कार्यालयलाई पत्र काटिएको छ ।
उनलाई मंसिर २२ गते बसेको नेपाली कांग्रेस धनौजी गाउँ कार्य समितिको बैठकबाट पार्टीबाट निष्कासनसहितको कारबाही गर्ने निर्णय गरेको थियो ।
पालिका उपाध्यक्ष मण्डलले आफ्नै पार्टीका धनौजी गाउँपालिका अध्यक्ष राजकुमार साहमाथि अनियमितता र अपारदर्शीता कार्यशैलीको आरोप लगाउँदै सूचनाको हकको प्रयोग गर्दै आइरहेकी थिइन् ।