बुटवल । रुपन्देहीको तिलोत्तमामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका(८ प्रदीपनगर डाँडामा लु३त ६५४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका(६ का अन्दाजी ३५ वर्षीय टेक्टर चालक रामकृष्ण कुर्मीको मृत्यु भएको हो ।
रुपन्देहीको मायादेवी(६ स्थित रुपन्देही बाबा इँटा उद्योगबाट तिलोत्तमा(११ गणेशनगरमा इँटा पुर्याइ फर्किने क्रममा दुर्घटना हुँदा चालक कुर्मीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए ।
ट्याक्टर सडक छाडेर कल्भर्टको दायाँतर्फ गुड्दा दुर्घटना भएको देखिएको प्रहरी निरीक्षक नेपालीले बताए । शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान हुने उनले बताए ।