ट्रेन्डिङ

बीरगन्ज भन्सार कार्यालयबाट निर्यात बढ्यो

बीरगन्ज । बीरगन्ज भन्सार कार्यालयबाट निर्यातमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको ४ महिनामा यॅंहाबाट निर्यात बढेको कार्यालयको तथ्यांक छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा यॅंहाबाट ५२ अर्ब ६७ करोड सात लाख १० हजारका सामान निर्यात भएका छन् ।

वीरगञ्ज भन्सारले मात्र १२ अर्ब १२ करोड २१ लाख ३१ हजार बराबरका वस्तु निर्यात गरेको हो । वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछानेका अनुसार यहाँबाट सिन्थेटिक यार्न, भटमासको तेल, पिना, ऊनी गलैँचालगायत उत्पादन निर्यात भएको छ ।

सुक्खा बन्दरगाहबाट एक अर्ब ५१ करोड बराबरका सामान निर्यात भएका कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै