ट्रेन्डिङ

सिराहामा अटोको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु

काठमाडौँ । सिराहा चोहर्वा खण्डको भलुवाही चौकमा हिजो साँझ भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएपछि स्थानीयले आज बिहानैदेखि राजमार्ग अवरुद्ध गरेका छन् । सिराहा नगरपालिका–११, भलुवाहीका १८ वर्षीय नीरज कामतको स १ ह ७२४ नम्बरको अटोको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनापछि आक्रोशित स्थानीयले बिहान देखि सिराहा चोहर्वा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध गरेका छन् । स्थानीयले क्षतिपूर्तिको माग राख्दै र घटनामा संलग्न चालक तथा सवारी धनीमाथि कारबाहीको माग गर्दै प्रदर्शन सुरु गरेका हुन् ।

प्रदर्शनकारीहरूले राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । सिराहाको सदरमुकाम सिराहा बजार जाने र आउने सबै सवारीसाधन ठप्प छन् । प्रदर्शनका कारण यात्रुहरू समस्यामा परेका छन् भने स्थानीय व्यवपारी र जनजीवनमा पनि असर परेको छ ।
घटनास्थलमा प्रहरी परिचालन गरिए पनि प्रदर्शनकारीहरूको माग तत्काल सम्बोधन गर्न नसकिँदा समस्या समाधान हुन सकेको छैन । प्रहरी स्रोतका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

युवकको मृत्युपछि पीडित परिवार र स्थानीयले उचित क्षतिपूर्ति र कारबाहीको माग गरेका छन् । प्रशासनले समस्या समाधानका लागि वार्ताको प्रयास भई रहेको जिल्ला प्रहरी सिराहाका सूचना अधिकारी वीरेन्द्र पासवानले बताए । उनका अनुसार चालक र अटो प्रहरीकोे नियन्त्रणमा रहेको पासवानले बताउनु भयो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै