ट्रेन्डिङ

गढीमाई मेलाको शान्ति सुरक्षाबारे गृहमन्त्रीलाई बारा, पर्साका प्रहरी प्रमुखको ब्रिफिङ

बीरगन्ज । गृहमन्त्री रमेश लेखकले बाराको गढीमाइमा लागेको मेलाको शान्ति सुरक्षाबारे ब्रिफिङ लिएका छन् ।

गृहमन्त्री लेखकले बुधबार बारा, पर्साका सिडियो, एसपी, डिआइजीसहितका सुरक्षा निकायका प्रमुखहरुसँग मेलाको शान्ति सुरक्षाबारे ब्रिफिङ लिएका हुन् । महागढीमाइ नगरपालिकाद्वारा आयोजित सल्लाह र सुझाव संकलन कार्यक्रममार्फत ‘ब्रिफिङ’ लिएका हुन् ।

विश्व प्रसिद्ध गढीमाइ एक महिनासम्म पञ्चवर्षीय मेलालाई शान्त एवम् भव्य बनाउने उद्देश्यले सुरक्षाका अवस्थाबारे गृहमन्त्री लेखक गम्भीर भएको बताइन्छ । बैठकमा सहभागी एक सिडिओका अनुसार गृहमन्त्री लेखकले मेलामा हुन सक्ने अपराध तथा चूनौतीबारे सोधखोज गरेका थिए ।

दुइवटै जिल्लाका प्रमुखले दुइ साता अगाडि भएको सुरक्षा समितिको बैठकमा उठाइएका एजेन्डाहरु तथा देखिएका चुनौतीहरुबारे प्रष्टयाएका बैठकमा सहभागी एक अधिकारीले सुनाए ।

गढीमाई मेलालाई व्यवस्थित र चुस्त बनाउन कुनै पनि कसर बाकी नराख्न प्रमुख जिल्ला अधिकारीद्वयलाई गृहमन्त्री लखेकले निर्देशनसमेत दिएको बताइएको छ ।

साथै कडाइका सुरक्षा व्यवस्था लागु गर्नका लागि सडकमा सिसिटिभी क्यामरा, सुरक्षा सर्वेलान्ससहित हरेक उपकरणको प्रयोग गरेर सूक्ष्म ढंगले निगरानी गर्नसमेत सुरक्षा निकायलाई गृहमन्त्री लेखकले निर्देशन दिए ।

गढीमाई मन्दीरमा पुगका गृहमन्त्री लेखकलाई पञ्चवर्षिय मेला व्यवस्थापन मुल समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं उपेन्द्र प्रसाद यादवले स्वागत गरेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै