ट्रेन्डिङ

गत वर्ष १२० वटा मानव उल्लंघनसम्बन्धि उजुरी

काठमाण्डौँ । एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी १२० वटा उजुरीहरू दर्ता भएका छन् । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरका अनुसार गत वर्ष मानव अधिकार उल्लंघनसम्बन्धि १२० उजुरी दर्ता भएका हुन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मंगलबार आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । आव २०८०/८१ मा आयोगका कार्यालयहरूमा मानव अधिकारको उल्लङ्घनसम्बन्धी १२० वटा उजुरीहरू दर्ता भएका उनले बताए ।

यस अवधिमा आयोगबाट पुराना र नयाँ गरी ३६८ वटा उजुरीमाथि अनुसन्धान सम्पन्न उनको भनाइ छ । उनका अनुसार अनुसन्धान सम्बन्धी विषयमा ३९ पटक बैठक बसी १६१ वटा उजुरीगत सिफारिस र ५ वटा नीतिगत सिफारिस गरिएको छ ।

त्यसैगरी यस अवधिमा २७६ उजुरी तामेलीमा राखिएको छ भने १५ वटा उजुरीहरू खारेज गरिएको छ । आयोगबाट यसै अवधिमा १०१ वटा उजुरीहरूमा अन्य कारबाहीको सिफारिस, ९ जना व्यक्तिहरूलाई विभागीय कारबाहीको सिफारिस र चार जना व्यक्तिहरूलाई दोषी किटान गरिएको उनले बताए ।

यस आवमा आयोगले ९० जना पीडित तथा पीडितका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरेको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै