मकवानपुर । १७ किलोग्राम लागू औषध गाँजासहित पर्साका दुइ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा मकवानपुर राक्सीराङ गाउँपालिका–५ ढुङगुखोलास्थित बगरबाट उनीहरु पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा पर्साको पर्सागढी गाउँपालिका वडा नम्बर ८ निवासी देवीलाल सहनी र वडा नम्बर १ का रामनारायण राम रहेका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मनहरीको टोलीले शंकास्पद रुपले हिँडीरहेका उनीहरुलाई रोकेर जाँच गरेको थियो । सोही क्रममा उनीहरुले बोकेको झोलाभित्र लुकाइ छिपाई राखेको अवस्थाबाट १७ किलो ६०० ग्राम गाँजा फेला प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
पक्राउ परेकामाथि लागू औषधसम्बन्धि मुद्दामा ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।