ट्रेन्डिङ

भोजपुरी प्रतिष्ठान बीरगन्जको कार्यसमिति पूर्नगठन, भोजपुरी भाषाको उत्थान आवश्यक रहेकोमा मेयर सिंहको जोड

बीरगन्ज । भोजपुरी प्रतिष्ठान बीरगन्जको कार्यसमिति पूर्नगठन गरिएको छ ।

अनिता साहको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति पूनगर्ठन गरिएको हो । जसको सदस्यहरुमा आमोद प्रसाद गुप्ता, सलमा खातुन, सर्वजीत पासवान, मुकेश महतो नुनीया, अमित अग्रवाल र अजय चौरसिया रहेका छन् ।

यसैगरी सल्लाहकारहरुमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, भाषा आयोगका सदस्य गोपाल अश्क, वरीष्ठ पत्रकार चन्द्रकिशोर झा, भोजपुरी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एव् वरीष्ठ साहित्यकार दिनेश गुप्ता, वरीष्ठ साहित्यकार प्रमोद पाण्डे रहेका छन् ।

भोजपुरी प्रतिष्ठान बीरगन्जका संस्थापक अध्यक्ष एवम् साहित्यकार उमाशंकर द्विवेदीको गत २०७९ चैत १७ गते निधन भएपछि प्रतिष्ठानको गतिविधि निष्कृय भएको थियो । प्रतिष्ठानको कार कारबाही पूनःसकृय बनाउन नयाँ कार्यसमिति चयन गरिएको जनाइएको छ ।

बीरगन्जका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णको अध्यक्षता एवम् महानगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष तथा सदस्यहरुलाई एक कार्यक्रमबीच आज मनोनयन पत्र वितरण गरीएको हो ।

भोजपुरी भाषको उत्थान आवश्यक छ : प्रमुख सिंह

महानगर प्रमुख सिंहले भोजपुरी प्रतिष्ठानले भाषा, संस्कृति तथा उजागर गर्न मद्दत गर्ने विश्वास जनाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भोजपुरी भाषा, संस्कृती र साहित्यलाई उजागर गर्ने तथा जनजनको मनमनमा पु¥याउने तथा विकास गर्दै एउटा छुट्टै पहिचान बनाउन प्रतिष्ठानको महत्वपूर्ण योगदान रहने बताए ।

भोजपुरी भाषाको उन्नयन र संरक्षणमा प्रतीष्ठानमा विभिन्न विधाबाट आबद्ध भएका कार्य समितिका सदस्यहरुले ईमान्दारीपूर्वक भूमिका निर्वाह गर्नेमा विश्वस्त भएको उनको भनाइ छ । यस्तै भोजपुरी भाषा, संस्कृती झल्काउने संग्राहलय समेत स्थापना गर्ने आफ्नो योजना रहेको पनि उनको जिकिर छ ।

भोजपुरी भाषा अन्य भाषा जस्तै सम्मानजनक तथा अन्तराष्ट्रिय स्तरमा समेत बोलिने भाषा रहेकोले यसको उत्थान तथा विकासका लागि युवाहरुको आकर्षण बढाउनुपर्ने आवश्यकता रहेकोमा उनको जोड छ ।

त्यस्तै कार्यक्रमका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत कर्णले स्थानीय भाषाको विकासका लागि स्थानीयकै भुमीका महत्वपुर्ण रहेको प्रस्ट्याए । उनले भोजपुरी भाषा, संस्कृती, साहित्य, रहनसहन, खानपान लगायतका विषयवस्तुमा आधारीत पुस्ताकलय, संग्राहलय, आर्ट ग्यालरी तथा पाठ्यक्रम तर्फ ध्यान दिनुपर्ने जानकारी दिए ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै