ट्रेन्डिङ

लायन्स क्लव अफ बीरगन्ज मिलेनियमको आयोजनामा न्यानो वितरण

बीरगन्ज । लायन्स क्लव अफ बीरगन्ज मिलेनियमले कम्बल वितरण गरेको छ । बीरगन्ज–१८ स्थित रामजानकी मठ भवानीपुरमा क्लवले कम्लब वितरण गरेको हो ।

चिसो मौसममा केहि राहत होस् भन्ने उद्देश्यले त्यहाँका एक हजार परिवारलाई एक/एक थान कम्बल वितरण गरेको जनाइएको छ । गरिब, विपन्न तथा असहाय परिवारलाई एक कार्यक्रमको आयोजना गरी एक लाख मूल्य बराबरका कम्बल वितरण गरेको लायन राधेश्याम खेतानले बताए ।

लायन्स क्लव अफ बीरगन्ज मिलेनियमका भूतपूर्व डिस्ट्रिक्ट गर्भनर डी एन अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगपति बिरेन्द्र संघई, बिरेन्द्र साह, अंकिता गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै