ट्रेन्डिङ

मधेश सरकारले गढीमाई मेलाका अवसरमा मंसिर २३ गते दियो सार्वजनिक बिदा

जनकपुरधाम ।बाराको महागढीमाई नगरपालिकामा लाग्ने पञ्चवार्षिक गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक तथा सरकारी निकायका लागि बिदा घोषणा गरेको हो ।

मुख्यमन्त्री सतिशकुमार सिँहले प्रति लाखौँको सँख्यामा श्रद्धालुभक्तजनहरूको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले र प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउनmे गरी बिदा घोषणा गरिएको बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै