ट्रेन्डिङ

बीरगन्ज ईनर्वाका ६७ जनाले गरे जनमत पार्टी प्रवेश

बीरगन्ज । जनमत पार्टी पर्साको आयोजनामा भेटघाट, दलित भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । बीरगन्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गर्दै ६७ जनाले जनमत पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा सञ्जय महतो, लक्ष्मण यादव, जितेन्द्र राम, किशोरी दास, जगरु माली, सोनी दास, शैल देवी दास लगायतका छन् ।

नवप्रवेशीहरुलाई जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले अविर लगाएर स्वागत गरे ।

कार्यक्रममा बोल्दै जनमत पार्टीका केन्द्रिय सदस्य समेत रहेका अध्यक्ष सर्राफले अबको विकल्प जनमत पार्टी मात्रै भएको उल्लेख गरे । उनले जनमत पार्टीले सबैजसो विभेद अनत्य गरी, देश तथा मधेसको समृद्धिका लागि गोलबन्द हुन आहवान गरे ।

दलित जनमत संघका जिल्ला अध्यक्ष नरेश रामको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु विद्यालाल प्रसाद, अनिता रौनियार, श्याम गुप्ता, श्याम चौरसिया, नेताहरु रम्भा मिश्रा, शिवजी यादव, वीरगन्ज महानगर अध्यक्ष महादेव शर्मा, उपाध्यक्ष केदार पटेल, सचिव सहनवाज राँकी, महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता, युवा महानगर संयोजक संजय सिह, युवा नेताहरू वृजकिशोर कलवार, उदय यादव, सत्युग साह, सिकेन्द्र रान, निकेश महतो, लोकेश कर्ण, तुलसी राम लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै