ट्रेन्डिङ

पटेर्वासुगौलीस्थित भाथाधाम मन्दिर परिसरमा ५ सेट ह्याण्ड पाइप जडान

बीरगन्ज । उपकार सेवा नेपाल नामक संस्थाले पर्साको पटेर्वासुगौली गाउँपालिकामा ह्याण्ड पाइप जडान गरेको छ । गाउँपालिकाको वडा नम्बर १ भाथाधामको मन्दिर परिसरमा ५ सेट ह्याण्ड पाइप जडान गरेको हो ।

खानेपानीको अभावलाई मध्यनजर गर्दै ह्याण्ड पाइप जडान गरी मेला समितिका अध्यक्ष अलख्देव महतो थारुलाई हस्तान्तरण गरिएको हो ।

जडित ह्याण्ड पाइपबाट भाथाधामको मेला आउने भक्तजन तथा दर्शनार्थीलाई केहि राहत पुग्ने संस्थाकी अध्यक्ष विद्याकुमारी सरावगीले विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा अध्यक्ष सरावगीलाई मेला समितिका अध्यक्ष अलख्देवले दोसल्ला ओढाएर कदर पत्रसहित सम्मानित गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै