ट्रेन्डिङ

सीताराम विवाहपञ्चमी महोत्सवः आज नगरदर्शन सम्पन्न

जनकपुरधाम । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा परम्परा अनुसार विवाह पञ्चमीको साताव्यापी महोत्सव अन्तर्गत आइतबार भगवान श्रीरामको नगर दर्शन कार्यक्रम जानकी मन्दिर प्रांगणमा सम्पन्न भएको छ ।

साताव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत आज राम, भरत, सत्रुधन, लक्ष्मण र उनका बुवा दशरथले जनकपुरधाम नगरको दर्शन गरेका छन् ।

जनकपुरधाका मारवारी सेवा समिति, कलवार कुट्टी, सुडी कुट्टी, रौनियार सेवा समितिले आवासको व्यवस्था गरिएको छ भने सो स्थानका भोजनको व्यवस्था जानकी मन्दिरको तर्फबाट आयोजना हुने जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दासले बताए ।

प्रत्येक पाँच वर्षको अन्तरालमा यसपटक भारतको अयोध्या रामजन्मभूमिबाट जन्ती आउने हुँदा विवाहपञ्चमी महोत्सवमा उत्साह अझै थपिएको र विशेष व्यवस्था गरिएको जनकपुरधाम जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दास वैष्णवले जानकारी दिए । उनले भगवान राम र माता सीताको पौराणिक विवाह उत्सवलाई जीवन्त बनाउन जनकपुर धाम अहिले चहलपहल र उत्साहले भरिएको बताए ।

आज नगर दर्शनपछि सोमबार पुष्पवाटिका फुलवारी लिला, मंगलबार धनुष यज्ञ र बरात आगमनको स्वागत गरिने छ भने बुधबार तिलकोत्सव, बिहीबार मटकोर महोत्सव, शुक्रबार शुभविवाह महोत्सव र शनिबार रामकलेवा उत्सवको आयोजनापछि साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

विवाहपञ्चमीमा सहभागी हुन आएका जन्तीहरुलाई यही मंसिर २३ गते स–सम्मान विदा गरेपछि अयोध्या फर्किने छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै