ट्रेन्डिङ

उपचिर्वाचन : सप्तरीको दुइ वटा वडामा मतदान जारी

सप्तरी । वडाध्यक्ष पदका लागि सप्तरीको डाक्नेश्वरी नगरपालिकामा बिहानैदेखि मतदान सुरु भएको छ । नगरपालिकाको वडानम्बर १ र ४ मा वडाअध्यक्ष पदको लागि मतदान सुरु भएको हो ।

दुवै वडाको ३ वटा मतदान स्थल र मा ५ वटा केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

वडानम्बर १ मा दुई हजार ६३५ र वडानम्बर ४ मा एक हजार २८१ मतदाता छन् ।

सबै मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जनाइएको छ ।

वडा नम्बर १ र ४ मा अध्यक्ष पदका लागि भइरहेको उप(निर्वाचनमा १६ जना उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै