बीरगन्ज । बाराको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले महागढीमाईको छवीलाई नधुमिल्याउन चेतावनी दिएका छन । सर्वोच्च अदालतले पशुवली निरुत्सहित गर्न जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयकालागि बीरगंजमा आयेजना गरेको समन्वयात्मक छलफलमा उनले यस्तो बताएका हुन ।
उनले सर्वोच्च अदालतको आदेश कार्यान्वयन हुनु पर्ने बताएपनि महागढीमाई प्रति आम मान्छेको अटुट आस्था रहेको चर्चा गरे । उनले महागढीमाई बाराको मात्र नभई नेपालकै गौरब भएकोले यस प्रति देशी बिदेशी सबैको ध्यान रहेको बताए ।
उनले महगढीमाईलाईको बलि प्रथा केन्द्रीत गरि बिदेशका पशुअधिकारकर्मीले समेत चासो राखेको चर्चा गर्दै पशुको अधिकारको नामम हुने कुनै पनि षडयन्त्र असफलव हुने बताए ।
उनले जनप्रतिनिधि भएको नाताले सर्वोच्च अदालतको आदेशको सम्मान गर्दा महागढीमार्य मेलाको ब्यवस्थापन बाट आफूहरुले राजीनामा दिनु पर्ने अवस्था आउने बताए । उनले मेलाको सम्मुखमा बीरगंजको तारे होटलमा बलिप्रथा निरुत्साहन सम्बन्धि आदालतको आदेश कार्यान्वयनकालागि राखिएको कार्यक्रम प्रति नै असन्तोष ब्यक्त गरे ।
सर्वोच्च अदालतले २०७३ सालको साउन २० गते पशुबली दिने, दिलाउने कार्यमा प्रत्यक्ष वा परोक्ष रुपमा प्रोत्साहन वा सहयोग पुग्ने गरी सरकारका तर्फबाट कुनै कार्य नगरी त्यस्तो कार्यलाई निरुत्साहित गर्न भनी परमादेश जारी गरेको छ ।
पशुबलीले पशु अधिकारलाई कानूनी रुपमा परिभाषित गरी पशुपंक्षी उपरका सबै प्रकारका निर्दयी व्यवहारमा नियन्त्रण कायम गर्न वाञ्छनीय भएकोले पशु अधिकार प्रत्याभुति दिन, पशु कल्याणको प्रबन्ध गर्न र नेपाली समाजमा पशुपन्छी उपर हुने गरेको सबै प्रकारका क्रुर बर्बर, निर्दयी वा अमानवीय व्यवहारलाई दण्डनीय घोषित गर्न अन्य मुलुकको प्रचलन समेतलाई अध्ययन गरी नेपाली सामाजको सन्दर्भ अनुकूल उपयुक्त कानून निर्माण गर्ने प्रकृया अगाडि बढाउन सर्वोच्च अदालतले निर्देशात्मक आदेश दिएको हो ।
कार्यक्रममा उच्च अदालत जनकपुरका मुख्य न्यायधीश राजन प्रसाद भट्टराईले पशुबली निरुत्साहित गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए
सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र बहादुर सिंहको अध्यक्षतामा कार्यक्रम थियो ।