बीरगन्ज । बीरगन्जका युवा नेता मुकेश द्विवेदी पछिल्लो समय पार्टी परिवर्तनको शृंखलामा छलाङ मार्न व्यस्त देखिएका छन् ।
विगत १६ वर्षदेखि नै उनी राजनीतिक फेरबदल गर्दै परिवर्तनको शृंखलामा छलाङ मार्न व्यस्त देखिएका हुन् ।
नेपाल विद्यार्थी संघमा आवद्ध भई विद्यार्थी राजनीतिबाट उदायका द्विवेदी युवा बिद्यार्थीवीच निकै लाकेप्रिय थिए । तराईका विद्यार्थीहरुको शैक्षिक हवका रुपमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसमा लोकप्रिय मतका साथ स्ववियुमा निर्वाचित भएका द्विवेदी युवा नेतामध्य आश लाग्दा र भरोसा गरिएका युवा नेतामा आफ्नो पहिचान बनाउन सफल थिए ।
पछिल्लो क्रममा उनमा देखिएको संगठनात्मक अस्थिरताका कारण उनीमाथिको भरोसा टुट्दै गएको छ । उनलाई नेता मान्ने युवापंक्ति निराश देखिन्छ । राजनीतिमा उनको पार्टी परिर्वतको यो क्रमलाई “जात्रा” भनेर टिप्पणी गर्न थालिएको छ ।
नेपाली कांग्रेसबाट राजनीति शुरु गरेका द्विवेदीले राजनीतिक बैचारिक रुपान्तरण भन्दै नेकपा एकिकृत माओवादीमा प्रवेश गरे । एकिकृत माओवादीमा आएको विभाजनसंगै उनी डा.बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिमा लागे ।
नयाँ शक्तिसंग उनको यात्रा निकै चाडै टुट्यो । स्थानीय तहको पहिलो चुनावअघि उनी उपेन्द्र यादवले नेतृत्वले गरेको संघीय समाजवादी पार्टीमा प्रवेश गरे । पहिलो स्थानीय निर्वाचनमा बिजय सरावगीलाई निर्वाचित गराउन भूमिका खेलेका द्विवेदी जसपा परित्याग गरि लोकतान्त्रिक समाजवादी पार्टीमा लागे ।
दोश्रो निर्वाचनमा अहिले महानगर प्रमुख राजेशमान सिंहलाई जिताउनका लागि फेरी उनको यात्रा जसपा नेपालतर्फ मोडियो । उनी फेरी उपेन्द्र यादवले नेतृत्व गरेको जसपा नेपालमा लागे ।
त्यसपछि उनले “स्वराज” भन्दै जनमत रोजे । जनमतमा उनी जम्न सकेनन । उनले फेरी जसपा (अशोक राई) ले नेतृत्व गरेको पार्टीमा प्रवेश गरेका छन् । छोटो राजनीतिक जीवनमा धेरै पार्टीको चुलो चौका चाहारेका द्विवेदी अस्थिर सांगठनिक चरित्रका कारण “रुची” को नेताको श्रेणी टिकीराख्न सकेनन ।
संजोग उनले जुन पार्टी रोजे त्यसमध्य धेरै सत्तामा भएको बेला पर्यो । उनको त्यो रोजाईलाई कतिपयले सत्ता र शक्तिको अभ्यासमा रमाउन गएको टिप्पणी गर्छन ।
उनले किन यति धेरै पार्टी रोजे र छोडे भन्ने प्रश्न भने अनुत्तरित छ । किन सबै पार्टी उनको नजरमा राम्रो रहे तर उनको यात्रा दिगो भने हुन सकेन । उनले अबको नयाँ यात्रालाई कसरी स्थापित गर्न सक्लान भन्ने प्रश्न पनि उठेकै छ ।
उपेन्द्र यादवको नेतृत्वमा रहेको पार्टीले मलाई टिकट नदिएपछि पार्टी छाडे । राजनीतिक मान्छे स्वतन्त्र बस्नुभन्दा पनि पार्टीमा रहनु उपुर्यक्त हुने भएकोले जनमत पार्टीका अध्यक्ष डा. राउतको बिचार मन परेर जनमतमा लागेको उनले बताए । तर उनले जनमतले सोचे जस्तो काम गर्न नसकेको अवस्थामा जसपाका उपमहासचिव नेपाल सकारका खानेपानी मन्त्री प्रदीप यादवले साथ मागेकोले जसमा प्रवेश गरेको बताए ।
उनले यादव राष्ट्रिय नेता बन्ने, काम गर्ने तरिका मन परेको र काम गर्न सक्ने मान्छे भएकोलाई उहाँलाई साथ दिन जसपामा प्रवेश गरेको बताए । उनले भने “एभरी थिङ इज फेयर इन लभ एण्ड वार” ।