ट्रेन्डिङ

४६ हजार बिदेशी मुद्रासहित मकवानपुरबाट तीन जना पक्राउ

बीरगन्ज । ४६ हजार बिदेशी मुद्रासहित मकवापुरबाट तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ प्रहरी चौकी चौकी टोलस्थित एरियाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक विश्वराज खड्काको कमाण्डमा खटिएको टोलीले स्रोत नखुलेको बिदेशी मुद्रासहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला जालौन बस्ने ४० वर्षका बिजय सिंह कुशवाहा, भारतकै गोरखपुर बस्ने २६ वर्षका प्रशान्त पाठक र राजस्थान चितोरगढ निवासी ३२ वर्षका राहुल कुमार माण्डावत रहेका छन् ।

चेकप्वाइन्ट अगाडी हेटौँडा भैसे सडकखण्डमा काठमाण्डौँबाट हेटौँडातर्फ जाँदै गरेको बा प्र–०३–००१ ज ०७६५ नम्बरको ईभी माइक्रो बस रोकेर जाँच गरेको थियो । सोही क्रममा बसमा सवार तीन जनालाई जाँच गर्दा अमेरिकन डलर तथा यूरो डलर गरी ४६ हजार रुपैँया बरामद भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय मिनभवन ललितपुर पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै