ट्रेन्डिङ

मालपोत पर्साले भन्यो –चन्दाको नाममा पैसा नदिँदा हामीमाथि दुव्र्यहार भयो, अभद्र व्यवहार गर्नेहरुमाथि कानुनी कारबाही होस

२० भदौ,वीरगञ्ज । भूमिसुधार तथा मालपोत कार्यालय बीरगन्जले पत्रकार धुव्र साहसहितको व्यक्तिहरुमाथि कारबाहीको माग गरेको छ ।

मालपोत कार्यालयका ५८ जना कर्मचारीहरुले संयुक्तरुपमा हस्ताक्षर गर्दै पत्रकार साहको नेतृत्वमा आएको टोलीलाई कारबाहीको माग गरेको हो ।

मालपोतका कर्मचारीहरुले बिहीबार एक विज्ञप्ति जारी गर्दै मालपोत कार्यालयले दुइ दिन अगाडि मात्रै कार्यालय प्रमुखमाथि भएको हातपातको घटना निन्दनीय रहेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारी कर्मचारीलाई पत्रकार मापदण्डविपरीत भ्रष्टचारी भन्न मिल्दैन, गाली बेइज्जती गर्न पाइदैन् । अझ कार्यालय समयमा कार्यालय प्रमुखमाथि झन हातपात गर्न मिल्दैन, यो सरासर गलत हो । त्यसकारण दोषीमाथि कारबाही हुनुपर्‍यो ।’

मालपोत कार्यालयले आफ्नो विज्ञप्तिमा लेखेको छ–केही दिनदेखि केही व्यक्तिहरु पैसा माग्न आइरहेको थियो, तर उसलाई पैसा दिइएन । त्यसकारण नियतवश यस्तो काम गरेको हो ।

मालपोतले पत्रकार साहको सहरुम गद्दी, राकेश यादव मितवा, लेखापढीका निवर्तमान अध्यक्ष रामाधार साह, लेखापढीका उपाध्यक्ष अलि हुसेन मिया, कोषाध्यक्ष संजित साह कानु, प्रेमचन्द्र साह कानु र मुकुल शाह लगायतकाले दुव्र्यहार गरेको आफ्नो विज्ञप्तिमा लेखेको छ ।

यसरी कार्यालयमा आएर अभद्र व्यवहार गर्नेहरुमाथि कारबाही नभए तथा काम गर्ने वातावरण नभए आफूहरु कामकाज ठप्प पार्ने मालपोत कार्यालयका कर्मचारीहरुले चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै