ट्रेन्डिङ

पर्सा : कुखुरा फर्मबाट १७८० किलोग्राम ‘चाइनिज लसुन’ बरामद

बीरगन्ज । पर्सा प्रहरीले भन्सार छलीका ‘चाइनिज लसुन’ बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले बिन्दबासीनी गाउँपालिका वडा नम्बर ३ झौवाबाट ‘चाइनिज लसुन’ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले कुखरा फर्ममा अनाधिकृत रुपले भण्डारण गरी राखिएका भन्सार छलीका चाइनिज लसुन पक्राउ गरेको डिएसपी दीपक भारतीले बताए । उनका अनुसार प्रहरीले १०२ बोरामा राखिएको एक हजार ७८० किलोग्राम लसुन नियन्त्रणमा लिएको हो ।

लसुन कसको हो भन्ने विवरण खुलेको छैन । नियन्त्रणमा लिइएको लसुनको मूल्यांकन ४ लाख ८० हजार कायम गरिएको प्रहरीले जनाएको छ ।

उक्त लसुनलाई आवश्यक कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै