वीरगन्ज । वीरगन्जको घण्टाघरमा आजदेखि ‘गेटवे स्पा’ सञ्चालनमा आएको छ । ‘स्पा’हरुको बजारमा आजदेखि थप नयाँ स्पा सञ्चालनमा आएको हो ।
घण्टादेखि लिंकरोडतर्फ जाने बाटोमा दक्षिणपट्टि ‘गेटवे स्पा’ सञ्चालनमा आएको हो । एसियन लाइफ इन्स्योरेन्स नजिककै रहेको भवनको दोस्रो तल्लामा सुविधा सम्पन्न ‘स्पा’ सेन्टर सोमबारदेखि सञ्चालनमा आएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका अध्यक्ष हरि पन्तले एक कार्यक्रमबिच उद्घाटन गरेका हुन । उद्घाटन गर्दै रास्वपा सभापति पन्तले ‘स्पा’ बारे समाजको कन्सेप्ट नकारात्म रहेको बताए ।
उनले भने, ‘जबकि कुनै ‘स्पा’ सेन्टरमा गलत केही हुँदैन, हाम्रो साथीभाइ विदेशमा गएर स्पाको स्वाद लिनुहुन्छ । यो भनेको शरीरको चाहिने सेवा हो, विदेशमा हरेक मान्छेले आफ्नो शरीरलाई आराम दिनका लागि स्पा सेन्टरमा गएर मसाज लिइरहेका हुन्छन् । त्यसकारण यो गलत होइन, केही स्पा सेन्टरका कारण यसको बदनामी हुने गरेको छ ।’
उनले भने– त्यो काम यो स्पा सेन्टरले रोक्नेछ । ‘स्पा’ हरेक व्यक्तिलाई चाहिने भएको हुनाले समाजलाई असर नपर्ने गरी सेवा दिन रास्वपा सभापति पन्तको सुझाव छ ।
‘स्पा’ पार्खीहरुको लागि सञ्चालनमा आएको ‘गेटवे स्पा’ले फरक स्वाद दिने सञ्चालकको दाबी छ । अन्य स्पा भन्दा सुविधा सम्पन्न तथा दक्ष प्रशिक्षकहरुबाट सेवा दिइने लक्ष्य लिइएको सञ्चालक माधव बस्नेत
बताउँछन् ।
उनका अनुसार स्पामा सेवा दिने सबैजना काठमाडौंबाट तालिम प्राप्त व्यक्तिहरु रहेका छन् । यो स्पामा लामो समयसम्म काठमाडौंमा काम गरिसकेका अनुभवी कर्मचारीलाई ल्याइएको सञ्चालक बस्नेत बताउँछन् ।
उनका अनुसार सस्तो दरमा काठमाडौंको जस्तै वीरगन्जमा पनि स्पा पार्खीहरुले सेवा लिनेछन् । गेटवे स्पा सेन्टरमा मसाज गराउँदा एक घण्टाको दर ९ सय ९९ रुपैयाँ राखिएको छ ।
यो सुविधा एक पटकमा पाँचजनालाई सेवा दिइनेछ । ‘स्पा’ सेन्टरमा ५ वाट क्याबिन रहेको सञ्चालकहरु बताउँछन् । सबै क्याबिन एसीसहित अति सुविधा सम्पन्न रहेको बताइन्छ । करिब १० लाखको लागतमा गेटवे स्पा सञ्चालनमा ल्याइएको हो ।