ट्रेन्डिङ

पर्सा प्रहरीले करिब पौने २ करोडको बरामद सामान राजश्व कार्यालय पथलैयामा बुझायो

वीरगञ्ज । पर्सा प्रहरीले १ करोड ८६ लाख ९ हजार ६७८ रुपैयाँ बराबरको लत्ताकपडा तथा औषधि  राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुभाएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ स्थित घण्टाघरचोकबाट ना सु.प.प्र ०१–००१ ख २६९९ र सु.प.प्र ०१–००१ ख २६६१ नम्बरको मालबाहक ट्रकमा लोड गरिराखेको अवस्थामा उक्त सामान बरामद गरेको थियो ।

विशेष सुचनाको आधारमा प्रहरीले वीरगञ्ज देखि कैलाली तथा बाँके तर्फ जादै गरेको उक्त मालवाहक ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।

उनका अनुसार, ट्रकमा लोड भएको लत्ताकपडा तथा औषधिहरु कैलाली र बाँकेतर्फ लैजाँदै गरेको अवस्थामा बरामद भएको हो ।

बरामद भएको सामान थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको भारतीले जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै